काठमाडौँ, फागुन ७ : मुलुकको एक मात्रा आधिकारिक र विश्वसनीय समाचार समितिका रूपमा रहेको राष्ट्रिय समाचार समिति ९रासस० को सेवालाई अझ विश्वसनीय र स्तरीय बनाइनुपर्ने सरोकारवालाहरूले बताउनुभएको छ ।
राससको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताले राससको गरिमा र महत्त्वलाई अझै उचाइमा पु¥याउन सेवालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।
साथै, उहाँहरूले पछिल्लो समय राससले दिने समाचार सामग्री स्तरीय र विविधीकरणयुक्त रहेको भन्दै आगामी दिनमा थप सुधार गरेर अघि बढ्न सुझाउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राससको सेवालाई आगामी दिनमा अझ विश्वसनीय र स्तरीय बनाइनुपर्ने बताउनुभयो । उहाँले राससको भव्य भौतिक संरचना मात्र हैन समाचारका विषयवस्तु पनि स्तरीय र खँदिलो रहेको बताउनुभयो ।
उहाँले राससको भव्य भौतिक संरचना मात्र हैन समाचारका विषयवस्तु पनि स्तरीय र खँदिला रहेको बताउनुभयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “राससको गरिमामय इतिहास छ ।
यो राष्ट्रको ठूलो सम्पत्ति हो, तपाईंहरूले राससको जगेर्ना गर्न वर्षौंदेखि योगदान गर्नुभएको छ । आगामी दिनमा राससको सेवालाई अझ स्तरीय र प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।”
उहाँले वर्तमान रासस नेतृत्वले राससको सेवालाई परिणाममुखी र परिवर्तनको झझल्को दिने विश्वास व्यक्त गर्नुभयो । “रासस भोलिका दिनमा अहिलेको भन्दा राम्रो हुनेछ, किनकि नामै काफी छ, अध्यक्ष धमेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईको नेतृत्वमा पनि राससमा परिवर्तनको छनक आउन सकेन भने सिस्टमले नै काम गर्न दिएको छैन कि भन्ने प्रश्न आउन सक्छ, त्यसैले हालको रफ्तारलाई अझ प्रभावकारी बनाउन तपाइँहरूको भूमिका जरुरी छ”, उहाँले भन्नुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले समाचार एजेन्सीले वास्तविक रूपमा जनता र राज्यबीच सम्बन्ध सेतुका रूपमा काम गर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनतालाई के चाहिएको छ, उनीहरूले के सोचिरहेका छन् भन्ने कुरा राज्यका एजेन्सीसमक्ष पु¥याउने र राज्यका एजेन्सीहरूले के–के कस्ता काम गरिरहेका छन् भनेर जनतामाझ डेलिभरी गर्ने काम गर्छ, यहीँनिर राससकर्मीले कामको मोडालिटीमा विचार गर्नुपर्नेछ ।”
रासस सरकारको नभई राज्यको समाचार एजेन्सी रहेको भन्दै उहाँले सरकार फेरबदल भए पनि राससको दायित्व र सेवामा कुनै कमीकमजोरी हुन नहुने बताउनुभयो ।
राससका महाप्रबन्धक सिद्धराज राईले राससका पुरस्कारलाई व्यवस्थित ढङ्गले वितरण गर्ने उद्देश्यले पुरस्कार वितरण समारोहलाई दोस्रो सत्रका रूपमा सम्पन्न गरिएको बताउनुभयो ।
राससका सञ्चालक समिति सदस्य शङ्कर खरेलले राससकै कारणले आफूले पत्रकारिता सुरुआत गरेको उल्लेख गर्दै राससको गरिमा र महत्त्वलाई अझ उँचो बनाउन संस्थामा आबद्ध पत्रकार कर्मचारी सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राससको वर्तमान नेतृत्वले राससको श्रीवृद्धि र कर्मचारीको हितमा काम गरिरहेको भन्दै आगामी दिनमा राससको सेवालाई थप स्तरीय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राससका सञ्चालक समिति सदस्य कृष्ण अधिकारीले मापदण्डअनुरूप समाचारको गुणस्तर र स्तरीयताका आधारमा पुरस्कार छनोट गरिएको बताउँदै आगामी दिनमा पुरस्कारलाई थप व्यवस्थित बनाइने विश्वास व्यक्त गर्नुभयो ।






