राष्ट्रपति म्याक्रोनद्वारा सहयोगीहरूलाई युक्रेनको प्रत्याक्रमण तीव्र पार्न आग्रह

  फागुन ०५, २०७९

म्युनिख, फागुन ५ : फ्रासन्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार सहयोगीहरूलाई रुस विरुद्ध युक्रेनी प्रतिआक्रमणको लागि आफ्नो समर्थनलाई तीव्र बनाउन आग्रह गर्नु भएको छ ।

“हामीले हाम्रो समर्थन र (युक्रेन) लाई सहयोग गर्ने हाम्रो प्रयासलाई तीव्र बनाउनु पर्छ र प्रतिआक्रमणलाई अनुमति दिनुपर्छ,” उहाँले म्युनिख सुरक्षा सम्मेलनमा सो धारणा राख्नु भएको हो ।

लामो समयसम्म द्वन्द्वका लागि तयार र सक्षम भएपनि आफ्नो त्यस्तो चाहाना नभाएको उहाँको धारणा थियो ।

तपाईको प्रतिक्रिया