व्यवसायीहरूको प्रतिनिधिमण्डल ब्राजिल भ्रमणमा

  फागुन ०४, २०७९

काठमाडौँ,फागुन ४ : नेपाल–ब्राजिल चेम्बर अफ कमर्समा आबद्ध उद्योगी व्यवसायीहरूको एक प्रतिनिधिमण्डल ब्राजिल भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ ।

अध्यक्ष अखिलकुमार चापा गाईंको नेतृत्वको १९ सदस्यीय सो प्रतिनिधिमण्डललाई आज नेपालका लागि ब्राजिलका राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले विदाइ गर्नुभएको थियो ।

उक्त प्रतिनिधिमण्डलमा सो संस्थाका पदाधिकारी तथा सदस्य एवं व्यवसायीहरू विजयप्रकाश गुप्ता, विनय थापा, जयराम अर्याल, जीवन भट्टराई, कुलप्रसाद चापागाईं, लवराम दाहाल, माधव गिरी, प्रभु शमशेर जेबी राणा, राकेशकुमार श्रेष्ठ, सञ्जीव रेग्मी, शैलेन्द्र बिसी बुढा, शिवहरि दङ्गाल, सुधीर कुमार शर्मा, सुशील कडरिया, विजय कुमार चौधरी, निर्मलराज पौडेल हुनुहुन्छ ।

यही फागुन १२ गतेसम्म त्यहाँ रहने उक्त प्रतिनिधिमण्डलले नेपाल र ब्राजिलबीचको व्यापारिक सम्बन्धलाई थप उचाइमा पुर्याउनुका साथै दुवै देशका लागि लगानी र व्यापारका अवसरहरूको खोजी गर्न प्रयत्न गर्ने अध्यक्ष चापागाईंले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया