स्पट फिक्सिङ: सकियो अनुसन्धान, १२ जनाविरुद्ध मुद्धा चलाउने, को-को ?

  फागुन ०३, २०७९

काठमाडौं,फागुन ३ : केन्द्रीय अनुसन्धान ब्युरो९सीआईबी०ले स्पट फिक्सिङ प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ।

सीआईबी स्रोतका अनुसार १२ जनाविरुद्ध मुद्धा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ। अब सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार गर्ने छ र अदालतमा मुद्धा दर्ता हुने छ।

नेपाल टी-२० लिग दौरान स्पट फिक्सिङ भएको भन्दै प्रहरीले पूर्व क्रिकेटर महबुब आलम र वर्तमान क्रिकेटर आदिल अन्सारीलाई पक्राउ गरेको थियो।

लिग आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका जतिन अलुवालिया र अभिषेक सकलानीसहित नितेश गुप्ता, राहुल शर्मा, समिर शेख, रवि माझी, एन्ड्र्यु म्याकर्थी, विकाश धामी, नविन कँडेल र विरेन्द्र शाहविरुद्ध मुद्धा चलाउन सीआईबीले प्रस्ताव गरेको छ।

उनीहरुविरुद्ध राष्ट्रिय खेलकुद विकाश ऐन २०७७ बमोजिम ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानासम्म सजाय माग गर्न राय दिइएको छ।

 

तपाईको प्रतिक्रिया