चिनियाँ प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच भेटवार्ता

  फागुन ०२, २०७९

बेइजिङ,फागुन २ : चिनियाँ प्रधानमन्त्री ली खछ्याङले मङ्गलबार बेइजिङमा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गर्नुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री लीले चीन र इरान दुवै प्राचीन सभ्यता भएको र आफ्ना जनताबीच मैत्रीपूर्ण भावना र विचार आदानप्रदानको लामो इतिहास रहेको बताउँनु भएको छ ।

चीनले चीन-इरान सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र इरानसँग पारस्परिक सम्मान र समान व्यवहार गर्न इच्छुक रहेको उहाँको धारणा छ।

चीनले इरानसँग व्यावहारिक सहयोगको स्तर सुधार गर्ने दिशामा काम गर्न इच्छुक रहेको पनि बताउँदै लीले चीन(इरान बृहत् सहयोग योजना कार्यान्वयन गर्न, अर्थतन्त्र, व्यापार र अन्य क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न, उत्पादन निर्यातलाई पारस्परिक रूपमा विस्तार गर्न र त्यसको कार्यान्वयनलाई प्रवर्द्धन गर्न दुवै पक्षलाई आह्वान गर्नुभएको छ।

जनताको जीविकोपार्जनमा सुधार गर्न, कर्मचारी आदानप्रदान बढाउँन र दुई देशबीचको मित्रताको जनस्तरमा सुदृढ पार्ने पारस्परिक लाभकारी परियोजनाहरू अगाडि बढाउँन पनि काम गर्ने उहाँले उल्लेख गर्नु भएको छ ।

इरान र चीनबीचको मित्रतालाई उजागर गर्दै रायसीले इरान चीनसँगको सम्बन्ध थप विकास गर्न प्रतिबद्ध रहेको पनि बताउँनु भएको छ ।

उहाँले इरानले पारस्परिक सम्मान, पारस्परिक लाभ र जितको नतिजाको आधारमा दुई देशको बृहत् सहयोग योजना कार्यान्वयन गर्न र विभिन्न क्षेत्रमा सहयोगलाई प्रगाढ बनाउन एवं द्विपक्षीय सम्बन्धको निरन्तर विकासलाई प्रवर्द्धन गर्न इच्छुक रहेको बताउनुभयो।

यसैगरी इरानले अन्तरराष्ट्रिय मामिलाहरूमा चीनसँग सञ्चार र समन्वयलाई सुदृढ गर्न इच्छुक रहेको पनि बताउँनु भएको छ ।

तपाईको प्रतिक्रिया