नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक शनिबार बस्ने

  बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी एकतालाई मजबुद बनाउने तथा जनातको चाहाना अनुसार देशको विकास सम्बृद्धतर्फ सरकारका काम कारवाही कसरी केन्द्रित गर्ने भन्ने लगायतका विषयमा छलफल भएको बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बताउनुभयो ।

बैठकमा पार्टीभित्रको आन्तरिक समस्या तथा पार्टी एकताको सुदृढीकरणको महत्व तथा पार्टीका केही सदस्यहरूबाट माग भएको स्थायी कमिटिको बैठक लगायतका विषयमा गम्भीर छलफल भएको र छलफल जारी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले सचिवालयको अर्को बैठक वैशाख २० गते बस्ने र सो बैठकले उठेका विषयमा निर्णय गर्ने जानकारी गराउनुभयो

तपाईको प्रतिक्रिया