संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा खड्का

  माघ २७, २०७९

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राष्ट्रिय समाचार समिति राससका कालिका खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा पर्दाफास डटकमका दीपक खरेल, महिला उपाध्यक्षमा नागरिक दैनिकका भाषा शर्मा, महासचिवमा राजधानी दैनिकका निराजन पौडेल, सचिवमा नयाँ पत्रिका दैनिकका शिल्पा कर्ण, कोषाध्यक्षमा ग्यालेक्सी फोर के वासु खड्का, सदस्यहरू न्युज एजेन्सी नेपालका सविन धमला र रेडियो नेपालका अर्जुन श्रेष्ठ चयन हुनुभएको हो ।

साधारणसभाको उद्घाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कानुन पत्रकारहरूले समाचार लेख्दा र सम्पादन गर्दा पत्रकार आचारसंहिता उल्लङ्घनका घटना कम हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया