विपद्को जोखिममा रहेका बस्तीको नक्साङ्कन

  माघ २५, २०७९

नेपालगञ्जमा भूकम्पलगायत प्राकृतिक विपद्को जोखिममा रहेका बस्तीको भौगोलिक सूचना प्रणाली ९जिपिएस० मार्फत नक्साङ्कन गरिएको छ । नेपालगञ्ज उपमहानगर–३ र ७ का बस्तीको जिपिएस विधिबाट नक्साङ्कन गरिएको नेपाल रेडक्रस सोसाइटी बाँकेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन वुमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सिडिएमको सहभागितामा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तर्गत भूकम्प, बाढी, आगलागीलगायत विपद्बाट जोखिमयुक्त बस्तीको नक्साङ्कन गरिएको हो ।

नेपाल रेडक्रसका बाँके जिल्ला शाखाका सभापति गोवद्र्धनसिंह सम्झनाले विपद्सँग जुध्न पूर्वतयारीका लागि जोखिमयुक्त बस्तीहरुको सूक्ष्म तरिकाले अध्ययन गरेर नक्साङ्कन भएको बताउनुभयो । “कुन बस्ती के कारणले जोखिममा छ रु कुन सुरक्षित छ रु कहाँ घना बस्ती छ रु कहाँ साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स जान सक्दैन भन्नेबारे नक्साङ्न भएकाले यसैको आधारमा विपद् व्यवस्थापन गरिनेछ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया