काठमाडौंका यी तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि, ४ हजार ५ सय कुखुरा नष्ट

  माघ २३, २०७९

काठमाडौैँ, माघ २३ : काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।

मन्त्रालय स्रोतकाअनुसार गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएपछि त्यहाँको पन्छी नष्ट गरिसकिएको छ ।

यस्तै, नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा पनि बर्डफ्लू संकमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। त्यहाँ फर्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ ।

तारकेश्वरमा बर्डफ्लू पुष्टि भएको ठाउँमा अहिले पन्छी नष्ट गर्ने काम जारी रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया