अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी

  माघ २३, २०७९

अस्ट्रेलियाको मेलबर्नमा रहेको एक बौद्ध मन्दिरमा आइतबार राति आगलागी भएको छ ।

आगलागी नियन्त्रणका लागि करिब ८० अग्निनियन्त्रकहरु घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका छन् ।

फायर रेस्क्यु भिक्टोरिया ९एफआरभी० का कर्मचारीहरूलाई मेलबर्नको दक्षिणपूर्वमा रहेको ब्राइट मून बौद्ध मन्दिरमा स्थानीय समयअनुसार राति १०ः३५ बजे आगोलाई नियन्त्रणमा लिइएको एफआरभीले जनाएको छ ।

बौद्ध मन्दिरमा आगलागीपछि आसपासका बासिन्दालाई घरमा बस्न, बाहिरी ढोका र झ्यालहरू बन्द गर्न, तातो र एअर कन्डिसन सेवा बन्द गर्न भनिएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

एफआरभीका सहायक प्रमुख अग्नि नियन्त्रक पल फोस्टरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार अग्निनियन्त्रकहरूले सोमबार बिहान बाँकी रहेको आगो निभाउने काम गरिरहेका छन् ।

फोस्टरका अनुसार पाँच तला अग्लो मन्दिरमा भीषण आगलागी भएको र आगलागीको ज्वाला केही किलोमिटर टाढादेखि स्पष्ट देखिएको थियो ।

तपाईको प्रतिक्रिया