सार्कस्तरीय जलवायु परिवर्तन पत्रकार मञ्च गठन

  माघ २३, २०७९

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० क्षेत्रमा जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस क्षेत्रका पत्रकारहरूको साझा मञ्च गठन गरिएको छ ।

गत नोभेम्बरमा इजिप्टको शर्म अल शेख सहरमा भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन ९कोप(२७० मा सहभागी सार्क मुलुकका वातावरण पत्रकारहरूको भेलाले दक्षिण एसियाली जलवायु परिवर्तन पत्रकार मञ्च ९साउथ एसियन क्लाइमेट चेन्ज जर्नालिस्ट्स फोरम० गठन गरेको थियो ।

सो तदर्थ समितिमा आबद्ध पत्रकारहरूले भर्चुअल माध्यमबाट विभिन्न चरणमा बैठक गरी संस्था गठनको आवश्यक प्रक्रिया अघि बढाउनुका साथै विधानलाई अन्तिम रूप दिएर आइतबार कार्यकारी समितिको नामावली सार्वजनिक गरेको हो । भारतका पत्रकार आशीष गुप्ताको अध्यक्षतामा १८ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ ।

मञ्चको कार्यकारी उपाध्यक्षमा करामोत उल्लाह विप्लव ९बङ्गलादेश०, उपाध्यक्षत्रयमा महिन्दा पाथिराना ९श्रीलङ्का०, श्रीराम सुवेदी ९नेपाल० र मोहम्मद रबनावाज चौधरी ९पाकिस्तान० रहनुभएको छ । महासचिवमा असदुज्जमान सम्राट ९बङ्गलादेश०, सहायक महासचिवद्वयमा भीष्मराज ओझा ९नेपाल० र राई मुनाब्बर ९माल्दिभ्स० तथा कोषाध्यक्षमा मासुम बिल्लाह ९बङ्गलादेश० रहनुभएको छ ।

त्यसैगरी मञ्चको कार्यकारी सदस्यमा सिके नायक ९भारत०, कुन्तक चटर्जी ९भारत०, सुनितकुमार भुयान ९भारत०, रिञ्जिन वाङ्चुक ९भुटान०, इमरान वाई चौधरी ९पाकिस्तान०, केजे फैजा गिलानी ९पाकिस्तान०, केलुम बन्दारा ९श्रीलङ्का०, प्रगति ढकाल ९नेपाल० र रफिकुल इस्लाम सबुज ९बङ्गलादेश० रहनुभएको छ ।

तपाईको प्रतिक्रिया