प्रधानसेनापतिसँग राजदूतको भेट

  माघ १७, २०७९

काठमाडौँ, माघ १७ : प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुला बिन जर्वान अल साम्सीले भेट गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरूबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितबारे विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।

तपाईको प्रतिक्रिया