नेपाल प्रेस युनियन प्रदेश नं १ को सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित हुनुभएको छ ।
नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला झापा महिला उपाध्यक्ष जयन्तीकला तामाङ उदयपुर, समावेशी उपाध्यक्ष शारदा तामाङ भोजपुर, महासचिव सञ्जीव वाग्ले सुनसरी, सचिव सरोज निरौला उदयपुर, महिला सचिव सरला रेग्मी ९पाँचथर०, समावेशी सचिव विनय वाराकोटी सुनसरी र कोषाध्यक्षमा कविराज घिमिरे ९धनकुटा० निर्वाचित हुनुभएको छ ।
सदस्यमा चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनु खड्का, प्रकाश पास्तावा, शिखरजङ्ग श्रेष्ठ, दीपक काफ्ले, निशा दाहाल, रविना सुवेदी, सङ्गीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भास्कर चौधरी, आशिष यादव, मिलन राई, खेमराज बराल र जीवन फुयाँल चयन हुनुभएको छ ।
यस्तै लेखा समिति संयोजकमा लक्ष्मी गौतम, सदस्यमा करुणा बस्नेत र पदमसुन्दर लामिछाने निर्वाचित हुनुभएको छ । निर्वाचित अध्यक्ष नवोदितलगायत पदाधिकारीलाई युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, उपमहासचिव अभयकुमार राई लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो । (((






