पोखरामा घरभित्रै आत्मदाहको प्रयास,जल्दै गरेको अवस्थामा उद्दार

  माघ १५, २०७९

पोखरा। पोखरामा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । आज बिहानै पोखरा(१३ का एक युवकले आत्मदाहको प्रयास गरेका हुन् ।

उनले आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन् । ती युवकलाई बचाउन गएकी घरबेटी घाईते भएकी छिन् । अहिले दुबै जनाको उपचारपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ ।

उनीहरु दुबै जनालाई जल्दै गरेको अवस्थामा उद्दार गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया