बर्लिन, माघ १४ : जर्मन चान्सलर ओलाफ स्कोल्जले शनिबार जेरुसेलममा भएको “भयानक” आक्रमणबाट आफू स्तब्धू भएको बताउँनु भएको छ ।
इजरायलको केन्द्रमा भएको आक्रमणमा केही मानिसहरूको मृत्यु भएको छ भने केही घाइते भएका छन् । शुक्रबार एक सभाघरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको थियो भने शनिबारको आक्रमणमा दुई जना घाइते भएका थिए।
चान्सलरले ट्वीट गर्दै पीडितहरू प्रति समवेदना व्यक्त गर्दै जर्मनी इजरायलको पक्षमा रहेको बताउँनु भएको छ ।






