विषादी व्यवस्थापन तालिम सम्पन्न

  माघ ०८, २०७९

गौर, माघ ८ : कृषि ज्ञान केन्द्र रौतहटको आयोजनामा तीनदिने विषादी व्यवस्थापन तालिम सम्पन्न भएको छ । आव २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि ज्ञान केन्द्र गौर, रौतहटको आयोजना तथा बाली संरक्षण प्रयोगशाला, सिरहाको सहकार्यमा विषादी व्यवस्थापनसम्बन्धी तीनदिने तालिम यस रौतहट जिल्लाका गरुडा नगरपालिकास्थित कृषि शाखा शिवनगरमा सञ्चालन तथा सम्पन्न गरेको छ । सो विषादी व्यवस्थापन तालिममा ३० जना प्रत्येक नगरपालिका तथा गाउँपालिकाबाट सहभागी भएका थिए ।

कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख, कमलदेवप्रसाद कुशवाहा, बाली संरक्षण प्रयोगशाला, सिरहाका प्रमुख, मोहन महतो, बाली संरक्षण अधिकृत मिश्रीलाल यादव, कृषि अर्थ विज्ञ, विप्लवकुमार गुप्ताले प्रशिक्षण गर्नुभएको थियो ।

सो तालिम समापन तथा प्रमाणपत्र वितरण समारोहको प्रमुख अतिथि गरुडा नगरपालिकाका नगरप्रमुख कन्तमणी जैयसवालले गर्नुभएको थियो । तालिमबाट विषादी प्रयोगमा विशेष सहयोग मिल्ने तथा प्रभावकारी भएको सहभागीहरुको भनाइ छ ।

कर्मचारी सङ्गठन निजामतीको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती रौतहटको पाँचौँ जिल्ला अधिवेशन आज गौरमा सम्पन्न भएको छ । सो अधिवेशनले रामरेखा चौरसियाको अध्यक्षतामा सङ्गठनका २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसहमतिले चयन गरेका छन् ।

सो कार्य समितिको उपाध्यक्ष श्यामराज सापकोटा र जयनारायणलाल कर्ण, सचिव कैलासप्रसाद साह, कोषाध्यक्ष धर्मेन्द्र सहनी, सदस्य विक्रम दाहाल, शैलेन्द्र श्रीवास्तव, विकीबाबु जयसवाल, रामसेवक साह, जीतेन्द्र कुशवाहा, दीपक खनाल, कविबहादुर साह, शङ्कर दास, सञ्जयकुमार साहसहित सर्वसहमतिले निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अशोक जयवालले एक कार्यक्रमबीच अधिवेशनको उदघाटन गर्नुभयो । कर्मचारी सङ्गठन महासङ्घका केन्द्रीय सदस्य विनोद जयसवाल, प्रदेश अध्यक्ष छठु चौधरी, इन्चार्ज नागेन्द्र कुशवाहा, नेपाल कर्मचारी सङ्गठन निजामतीका मधेस प्रदेश अध्यक्ष विनोद चोेैधरी, नेपाल कर्मचारी सङ्गठन निजामती धनुषाका अध्यक्ष मुनेश्वर यादवसहितका अतिथिको उपस्थिति रह्यो ।

तपाईको प्रतिक्रिया