जम्मुमा विस्फोट ६ जना घाइते

  माघ ०७, २०७९

जम्मु, माघ ७ : जम्मुको नरवाल क्षेत्रमा भएका छुट्टाछुट्टै दुईवटा विस्फोटमा कम्तीमा छ जना घाइते भएका छन् । स्थानीय अधिकारिहरूले सो घटना बारे सङ्क्षिप्त जानकारी दिएका छन् ।

एडीजीपी जम्मु जोन मुकेश सिंहका अनुसार “जम्मुको नरवाल क्षेत्रमा दुई ठाउँमा विस्फोट भएको छ जसमा ६ जना घाइते भएका छन्।” घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । रासस-एएनआई

तपाईको प्रतिक्रिया