‘सीपीईसीको कार्यान्वयन पाकिस्तानका लागि पर्याप्त अवसर सिर्जनाको अवसर’

  माघ ०४, २०७९

इस्लामावाद, माघ ४ : चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)ले पाकिस्तानका लागि पर्याप्त अवसर सिर्जना गरेको र पाकिस्तानी जनताका लागि समृद्ध र शान्तिपूर्ण भविष्यको प्रत्याभूति दिएको पाकिस्तानको राष्ट्रिय सभाका सभामुख राजा परवेज अशरफले बताउनुभएको छ ।

“चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को प्रमुख परियोजना सीपीईसी पाकिस्तानका जनताका लागि दीर्घकालीन आर्थिक लाभ र दिगो विकाससँग जोडिएको छ,” अखिल पाकिस्तान चिनियाँ उद्यम सङ्घको दिगो विकास प्रतिवेदन–२०२२ को उद्घाटन समारोहमा सभामुख असरफले बताउनुभयो ।

सन् २०१३ मा सुरु गरिएको सीपीईसी पाकिस्तानको ग्वादर बन्दरगाह र उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको काशगरलाई जोड्ने करिडोर हो, जसले ऊर्जा, यातायात र औद्योगिक सहयोगलाई उजागर गर्दछ ।

सीपीईसीले पाकिस्तान–चीन सदाबहार रणनीतिक सहयोगात्मक साझेदारीको गहन विकास र बीआरआईको उच्च गुणस्तरको विकासलाई बढावा दिन महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसले जनताको आकाङ्क्षा पूरा गर्छ, मन जित्छ र जीविकोपार्जनलाई फाइदा पु¥याउँछ । दुई सरकार, उद्यम र समाजका सबै क्षेत्रको संयुक्त प्रयासबाट सीपीईसी सहयोगले फलदायी परिणाम हासिल गरेको छ । साथै, पाकिस्तानको राष्ट्रिय निर्माण र क्षेत्रीय अन्तरसम्बन्धहरूमा यसले ठूलो योगदान पु¥्याएको छ ।

धेरै अवरोधका बावजुद पाकिस्तानले यस क्षेत्रमा आर्थिक विकास देखेको र सीपीईसी अन्तर्गतका परियोजनाहरूले विगत केही वर्षहरूमा ठूलो प्रगति गरेको उहाँले बताउनुभयो । सीपीईसीले कोभिड–१९ महामारी जस्ता चुनौतीविरुद्ध सशक्त लचिलोपन देखाएको उहाँको भनाइ थियो ।

“यी परियोजनाहरूमा काम गरिरहेका दुई देशका कर्मचारी र कामदारहरूले कठिनाइहरू पार गर्न समर्पित रूपमा हातेमालो गरेका छन् र पाकिस्तान–चीन मित्रताको नयाँ गतिशील कथा लेखेका छन्,” उहाँले भन्नुभयो ।

अशरफले सीपीईसीको उच्च गुणस्तरको विकासले निश्चित रूपमा पाकिस्तान र बीआरआई मार्गमा रहेका देशहरूको विकासका लागि महत्वपूर्ण अवसरहरू प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । यो परियोजनाले उनीहरूलाई क्षेत्रीय समृद्धिको लागि विश्वव्यापी लक्ष्यहरू कार्यान्वयन गर्न मद्दत पु¥याउने उहाँले बताउनुभयो ।

सभामुखले पाकिस्तानको राष्ट्रिय सभा र सीपीईसीको फ्रेमवर्क अन्तर्गत परियोजनाहरूको सहज प्रगति सुनिश्चित गर्न सांसदहरूको भूमिका र प्रतिबद्धतालाई पनि दोहो¥याउनुभयो ।

तपाईको प्रतिक्रिया