राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

  पुष २९, २०७९

काठमाडौँ, पुस २९ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन सङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

शीतल निवासस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उहाँले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया