सवारी दुर्घटना हुँदा ११ जना घाइते

  पुष २५, २०७९

हिले, पुस २५ : धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । संखुवासभाको चैनपुरबाट सुनसरीको इटहरी जाँदै गरेको को १ ज २२७५ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । बोलेरो सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ७ जनाको सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ४ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

घटना भएको खबर पाउने वित्तिकै प्रहरी चौकी चानुवा र प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि पठाएको उहाँले बताउनुभयो ।

बोलेरो चालक मोरङको बेलबारी नगरपालिका–२ का प्रविण कोईराला प्रहरी चौकी लेगुवाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

स्रोत : गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया