डिसेम्बरमा अमेरिकी बेरोजगारी दरमा कमी

  पुष २२, २०७९

वासिङ्टन,पुस २२ : अमेरिकी रोजगारीको वृद्धि डिसेम्बरमा अपेक्षाभन्दा बढी भएको र बेरोजगारी दरमा कमी आएको एक सरकारी प्रतिवेदनले शुक्रबार जनाएको छ ।

फेडरल रिजर्भले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने संयुक्त राज्य अमेरिकामा दशकौं पछिको उच्च मुद्रास्फीतिलाई कम गर्न काम गर्दा रोजगारीको बजार चिन्ताको विषय बनेको छ ।

अमेरिकी केन्द्रीय बैंकले धेरै पटक ब्याज दर बढाएको छ, जसले गर्दा ऋण थप महँगो भएको छ, श्रमको माग बलियो छ । उच्च ज्यालाले लागतलाई बल दिन सक्छ तर मुद्रास्फीति उच्च राख्छ भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

गत महिना अमेरिकी रोजगारदाताले दुई लाख २३ हजार कामदार थपेका थिए, जुन नोभेम्बरमा संशोधित दुई लाख ५६ हजारको तुलनामा कम हो तर विश्लेषकहरूले अपेक्षा गरेभन्दा अझै बढी रहेको श्रम विभागको तथ्याङ्कले देखाएको छ ।

ब्याजदर बढेसँगै बेरोजगारी बढ्ने अनुमान गरिएको थियो तर बेरोजगारी दर अपेक्षाभन्दा कम ३.५ प्रतिशतमा झरेको छ ।

निजी क्षेत्रका श्रमिकको औसत प्रतिघण्टा आम्दानी नौ सेन्ट अर्थात् ०.३ प्रतिशतले बढेर ३२.८२ डलर पुगेको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया