‘स्वास्थ्य मन्त्रालयको कार्य उत्कृष्ट’

  पुष २२, २०७९

मोरङ, पुस २२ : प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकालमा उपलब्धिमूलक कार्य गरेको दाबी गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत ११ महिनामा गरेको प्रगति विवरण सार्वजनिक गर्दै प्रदेशमा मन्त्रालय उत्कृष्ट रहेको बताउनुभयो ।

मन्त्री यादवले सो अवधिमा छवटा नीति तथा कानुन निर्माण गरिएको, तीन वटा अस्पताललाई ५० शय्यामा स्तरोन्नती गरिएको र प्रादेशिकअस्पताल भद्रपुरलाई दुई सय शय्यामा स्तरोन्नती गरिएको बताउनुभयो ।

यसैगरी नौवटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको, नौ जिल्ला अस्पतालमा शव गृहका लागि फ्रिज खरिद गरिएको, प्रदेश सरकार मातहत रहेका मदन भण्डारी अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर र छवटा जिल्ला अस्पतालमा शव बाहन वितरण गरेकालयायतका महत्वपूर्ण कार्य गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री यादवले आयुर्वेद, कोभिड–१९ विरुद्धको खोप, डेङ्गु नियन्त्रणलगायत दर्जनौँ कार्यक्रम आफूले ल्याएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया