प्रमोद खरेलको ‘जसको दिलमा’ दिनेश र मनिषाको अभिनय

  पुष १२, २०७९


काठमाडौं, पुस १२ : गायक प्रमोद खरेलको नयाँ गीत ‘जसको दिलमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । जसको दिलमा गीत त्रिकोणत्मक प्रेम कथामा आधारित छ । सुनिल बिसीको शब्द तथा संगीतमा तयार सार्वजनिक गीतमा साँचो माया गर्दा पनि सफल हुन नसकेको एक जोडीको प्रेम गाथालाई देखाइएको छ ।

जसमा दिनेश कठायत काजी, मनिषा गिरी र प्रकाश खड्काको अभिनय देख्न सकिन्छ । निर्देशक विक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर रहेको छ । गीतको म्युजिक भिडियो प्रकाश खड्काले छायांकन गर्नुभएको हो। गीतका निर्माता सुवास पुरी हुनुहुन्छ ।

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।