महान्यायाधिवक्ता पदमा डा. दिनमणि पोखरेल नियुक्त

  पुष १३, २०७९

काठमाडौं, पुस १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता पोखरेललाई नियुक्त गर्नुभएको हो ।

अधिवक्ता डा. पोखरेल प्यूठानको झिमरुक गाउँवपालिका वडा नम्बर ४ निवासी हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार राष्ट्रपति भण्डारीसमक्ष अधिवक्ता डा. पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । संवैधानिक कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गर्नुभएको छ । यसअघि पोखरेलले तत्कालीन सभामुख ओनसरी घर्तीमगरको कानुनविज्ञका रुपमा काम गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया