छोरासँगै ८१ वर्षीया वृद्धाले पनि जितिन कोरोनासँगको लडाई, निको हुनेको संख्या नौ पुग्यो

  बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : कोरोना भाइरस (कोभिड–१९)को संक्रमण लागेका थप दुईजना पूर्ण रुपमा निको भएर घर फर्कनुभएको छ । यसरी, पूर्ण रुपमा निको भएको संख्या नौ पुगेको छ ।

काठमाडौंको सन सिटी अपार्टमेन्टमा बस्ने आमा (उमेर ८५) र छोरा (उमेर ६०)लाई केही दिन अघि भाइरस संक्रमण पुष्टि भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा उपचाररथ हुनुहुन्थ्यो ।

उहाँहरु दुबैजना केही महिनाअघि बेलायत पुगेर नेपाल फर्केर घरमै सेल्फआइसोलेसनमा बस्नुभएको थियो ।

तपाईको प्रतिक्रिया