काठमाडौँ,मङ्सिर २६ : जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने सदस्यको टुङ्गो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको आजको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।
जसपाले मधेस प्रदेशसभाका लागि सिफारिस गरेका सदस्यहरूमा मनिषकुमार सुमन ( मधेसी पुरुष, अल्पसङ्ख्यक), विन्दुकुमारी यादव (मधेसी महिला), शोभादेवी (मधेसी महिला, अल्पसङ्ख्यक), ललिता दास (दलित महिला), शाहिदा खातुन (मुस्लिम महिला), किर साह (मधेसी महिला) र ममता मण्डल (आदिवासी जनजाति महिला) रहनुभएको छ । जसपाले मधेस प्रदेशमा प्रत्यक्षतर्फ नौ र समानुपातिकमा सात सिट जितेको छ ।






