काठमाडौं, वैशाख १० : नेपालमा तेस्रो कोरोना संक्रमित धादिङका युवक आज टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज हनुहुने भएकाे छ ।
उहाँको तेस्रो र चौथो स्वब परीक्षण नेगेटिभ आए पछि उहाँलाई आजै डिस्चार्ज गर्न लागिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले बताउनुभयो ।
उहाँको डिस्चार्ज सँगै कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ६ पुग्ने छ ।