कोरोना संक्रमण आशंकित दुई नर्समा पीसीआर नेगेटिभ

  बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : -यापिड टेस्टमा कोरोना पोजेटिभ आएका दुई नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको छ ।

केन्द्रिय कारागारमा कार्यरत दुई नर्सको हिजो दुई पटक गरीएको -यापिड टेस्टमा पोजेटिभ आए पछि उहाँहरूलाई आइसोलेशनमा राखिएको थियो ।

उहाँहरुको आज पीसीआर परीक्षणमा नेगेटिभ आएको टेकुस्थिति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले बताउनुभयो । 

तपाईको प्रतिक्रिया