काठमाडौं, वैशाख ८ : मन्त्रिपरिषद्ले पास गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । संवैधानिक परिषद् सम्बन्धी कानुन र राजनीतिक दलसम्बन्धि कानुनलाई संशोधन गर्ने अध्यादेश जारी भएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले विईप्ति जारी गर्दै राष्ट्रपतिबाट, ‘संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७’ भएको जानकारी दिएका छन् ।