चीनले आफ्नो बजार सबै माझ सार्वजनिक गर्ने

  कार्तिक १८, २०७९

बेइजिङ, कात्तिक १८ : चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार प्राप्त अवसरहरू सबैसँग पुर्याउँन चीनले सबै देश र पक्षहरूसँग मिलेर काम गर्ने बताउनुभएको छ ।
पाँचौं चिनियाँ अन्तरराष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै राष्ट्रतपति सीले उक्त टिप्पणी गर्नुभएको हो।

‘हामी बलियो घरेलु बजारको विकास गर्ने, वस्तुको व्यापारलाई स्तरोन्नति गर्ने, सेवाको व्यापारका लागि नयाँ संयन्त्रको विकास गर्ने र गुणस्तरीय वस्तुहरू आयात गर्ने प्रयासलाई थप तीव्र पार्नेछौं,’ सीले भन्नुभयो।
सिल्क रोड ई(कमर्स सहकार्यका लागि पाइलट जोनहरू स्थापना गर्ने र सेवामा व्यापारको नवीन विकासका लागि राष्ट्रिय प्रदर्शन क्षेत्रहरू निर्माण गर्ने, व्यापारमा नवप्रवर्तनलाई प्रोत्साहित गर्न र उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई प्रवर्द्धन गर्न प्रयास गरिने पनि उहाँले बताउँनु भएको छ ।

तपाईको प्रतिक्रिया