काबुल कात्तिक १५ : दक्षिणी अफगानिस्तानको जाबुल प्रान्तमा सोमबार ट्रकसँग कार ठोक्किँदा कम्तीमा ३० जना घाइते भएका छन्। काबुल-कन्दाहार राजमार्गमा विवाह समारोहमा जाँदै गरेको माज्दा कार र ट्रक एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको खामा प्रेसले जनाएको छ।
दुर्घटनामा परी घाइते हुनेमा महिला र बालबालिका रहेका छन् जसलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ भने केहीको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनाको कारण अझै पत्ता लागेको छैम। असावधानीपूर्वक सवारी हकाइ र तीव्र गति अफगानिस्तानमा प्रायः दुर्घटनाहरूको कारण बन्ने गरेको छ ।
खराब डिजाइन गरिएका सडकहरू, सडक कटान, र ट्राफिक नियमहरूको अवज्ञाले अफगानिस्तानमा ट्राफिक दुर्घटनामा उल्लेखनीय वृद्धि हुने गरेको छ ।






