भुल्केस्थित मस्जिद क्षेत्र सिल, टेस्ट किटसहित स्वास्थ्यकर्मी जाँदै

  बैशाख ०६, २०७७

गाईघाट, वैशाख ६ : उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा रहेका भारतीय नागरिकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाउँ सिल गरेको छ ।

सुरक्षाकर्मीले सो क्षेत्रमा कसैलाई पनि बाहिर आवतजावत गर्न दिएको छैन । भुल्केस्थित मस्जिद आसपासको क्षेत्रमा करीब ६ सयको हाराहारीमा मुसलमान समुदायको बासोबास रहेको छ ।

उक्त क्षेत्रमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले विराटनगरबाट एक हजार -यापिड टेस्ट किटसहितको टोली आज पठाउने तयारी गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताउनुभयो ।

सो क्षेत्रमा संक्रमण फेला परेका व्यक्तिलाई विराटनगरस्थित कोभिड १९ डेडिकेटेड अस्पतालका रुपमा रहेको कोशी अञ्चल अस्पतालमा हिजै पठाइएको थियो ।

तपाईको प्रतिक्रिया