सत्ता गठबन्धनद्वारा साझा उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)

  कार्तिक ११, २०७९

काठमाडौं, कात्तिक ११ : सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको साझा उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । गठबन्धनले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको साझा नामावली सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा केही स्थानमा देखिएको विवादलाई पनि छलफलका माध्यमबाट निष्कर्षमा पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

संयुक्त विज्ञप्तिमा केही निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ भने केही निर्वाचन क्षेत्रमा छलफलद्वारा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाउने उल्लेख छ ।

साझा उम्मेदवारलाई विजयी गराउन आग्रह
सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ । गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरिएको छ ।

यस्तै गठबन्धनका तर्फबाट सहमतिका उम्मेदवारको सूची पनि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । केही स्थानमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ । ती स्थानमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएका विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया