कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनीत

  कार्तिक ०८, २०७९

काठमाडौं, कात्तिक ८ : सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनीत हुनुभएको छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले  उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित प्रतिनिधि र प्रदेशसभा निर्वाचन ( २०७९, केन्द्रीय परिचालन समितिमा सदस्य मनोनयन गर्नुभएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उक्त समितिमा रामबहादुर श्रेष्ठ, राम थापा, ललित अधिकारी, मनु साह, अशोक रिजाल, सुबोध सिंह, रवीन राई, काशीनाथ चुँडाल, चेतनारायण श्रेष्ठ, डा। अब्दुल अन्सारी र शिवप्रसाद ढकाल मनोनीत हुनुभएको छ ।

तपाईको प्रतिक्रिया