देउवाले भने– ‘हँसिया-हथौडा र कलममा भोट हाल्न नहिचकिचाउनुस्, मैले त हालिसकेँ’

  कार्तिक ०५, २०७९

विराटनगर, कात्तिक ५ : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेको बताउँदै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन कार्यकर्तामा आह्वान गरेका छन् ।

शनिबार विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै देउवाले काँग्रेसका उम्मेदवार भएका ठाउँमा रूखमै र नभएको ठाउँमा हँसिया हथौडाका साथै कलममा मत हाल्न नहिचकिचाउन आग्रह गरे ।

सभापति देउवाले गिरिजाप्रसाद कोइरालाले पनि शान्ति सम्झौता गर्दा नै हसिया हथौडामा भोट हालिसकेको तर्कसमेत गरेका छन्।

गठबन्धनमा सहमति भइसकेकाले लोकतन्त्र र गणतन्त्रलाई स्थायित्व दिन गठबनधन गर्नुपरेको बताए । उनले  गठबन्धनलाई जिताउनुनै पर्न नत्र हालकाे व्यवस्था धरापमा पर्ने उनले उल्लेख गरे ।

देउवाले ओलीले गरेको गठबन्धन भन्दा आफूहरुले गरेको गठबन्धन संविधानको पक्षमा रहेको पनि दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया