पाकिस्तानभरी इन्टरनेट सेवामा समस्या

  मंसिर ३०, २०७६

इस्लामावाद, ३० मंसिर : प्राविधिक समस्याका कारण पाकिस्तानमा देशभरी इन्टरनेट सेवामा समस्या भएको छ । कतारको राजधानी दोहानजिकै केवुलमा आइतबार समस्या आएपछि पाकिस्तान भरी नै इन्टरनेट सेवामा समस्या आएको जनाइएको छ ।

पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेड (पीटीसीएल)ले वक्तव्य जारी गरेर एएई१ केबुलमा प्राविधिक समस्या भएकाले इन्टरनेट सेवा सञ्चालन नभएको स्पष्ट पारेको छ । इन्टरनेट प्रयोगकर्ताहरुले इन्टरनेट सेवा निकै सुस्त भएको र कतिपय ठाउँमा त घन्टौँसम्म पनि चल्दै नचलेको बताएका छन् ।

पाकिस्तानमा सञ्चालन भएको इन्टरनेट दक्षिण पूर्वी एसिया, युरोप, इजिप्टलगायतका देशमा भएको इन्टरनेटसँग सम्वन्धित रहेको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी हङकङ, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, मलेसिया, सिङ्गापुर, म्यानमार, भारत, पाकिस्तान, ओमन, यूएई, कतार, यमन, साउदीअरब, इजिप्ट, ग्रीस, इटली र फ्रान्समा सञ्चालन भइरहेको इन्टरनेट एउटै सञ्जालबाट वितरण भइरहेको प्राविधिक तथा विज्ञहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया