मस्को, कात्तिक १ : रुसी सेनाले मङ्गलबार युक्रेनको पूर्वी खार्किभ क्षेत्र फिर्ता लिएको बताएको छ । उक्त क्षेत्र मस्कोको सेनालाई व्यापक जवाफी कारबाहीमा पछाडि धकेलिएको क्षेत्र हो । अहिले रुसले त्यस क्षेत्रमा पुनः कब्जा जमाएको बताइएको छ।
‘रुसी सेनाका एकाइहरूले कारबाहीका क्रममा खार्किभ क्षेत्रको गोरोबिभका गाउँ कब्जा गरेको,’ रक्षा मन्त्रालयले दाबी गरेको छ।






