तेहरानको इभिन जेलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या आठ, अन्य छ अझै अस्पतालमा उपचाररत

  असोज ३१, २०७९

तेहरान, असोज ३१ : तेहरानको इभिन कारागारमा शनिबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । थप चार कैदीको गम्भीर चोटका कारण अस्पतालमा मृत्यु भएको अर्ध सरकारी समाचार एजेन्सी तस्निमले सोमबार जनाएको छ ।

इरानी न्यायपालिकाको मिडिया सेन्टरलाई उद्धृत गर्दै बताइएअनुसार अन्य छ जनाको अझै अस्पतालमा उपचार भइरहेको छ। घटनाको रात कारागारका अधिकारी, प्रहरी बल र आपतकालीन कर्मचारीले ७० भन्दा बढी थुनुवालाई आगलागीबाट उद्धार गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसअघिका रिपोर्टहरूका अनुसार वार्डमा कैदीहरूबीच चोरी र आर्थिक अभियोगमा झडप भएपछि ठूलो आगो सल्किएको थियो जुन जेलको टेलरिङ कार्यशालामा समेत फैलिएको थियो।

तपाईको प्रतिक्रिया