निर्वाचन अधिकृतको कार्यालय स्थापना

  असोज १६, २०७९

बलेवा, असोज १६ : प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले बागलुङका दुईवटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय र बुर्तिबाङ बजारमा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिनुभयो ।

बागलुङका मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले अब निर्वाचन अयोगले तयार गरेको कार्यतालिका निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढ्ने बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता पालना भए नभएको पनि जाँचबुझ गर्ने जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय आफँैले उद्घाटन गर्नुभएका भट्टले निर्वाचन नभयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालालाई सहयोग गर्न अपिल गनुभयो ।

निष्पक्ष निर्वाचनका लागि सबैको सरोकार हुने भन्दै भट्टले त्यसका लागि आचारसंहिता र निर्वाचन कानूनहरुको पालना गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी ढकालले सुरक्षा निकायका साथी नागरिकहरु नै भएकाले निर्वाचनको समयमा सबै नागरिक निष्पक्ष र भयरहित वातावरण बनाउनेमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया