सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते

  असोज १५, २०७९

सल्यान, असोज १५ : सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् ।

जिल्लाको कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप  बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा जिप सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । जिपमा १९ जना यात्रु सवार रहेको र घाइतेहरूको विवरण आउन बाँकी रहेको डीएसपी दामोदर केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया