काठमाडौं, भदौ २९ : राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ हनुमान ढोकास्थित कुमारी घरमा गई कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ ।
इन्द्र जात्राको अवसरमा राष्ट्राध्यक्षले जीवित देवीको रुपमा पूजित कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गर्ने प्रचलन रहँदै आएको छ ।






