काठमाडौं, भदौ २२ : पछिल्लो २४ घण्टामा थप दुई सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३६ कोरोना परीक्षण गर्दा २३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार एक हजार ९५६ जनाको पीसीआर परीक्षण गर्दा १२८ र एक हजार ८८० एन्टिजेन परीक्षण गर्दा १०२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । आज ७८ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ ।
उपत्यकामा ४९ जनामा सङ्क्रमण
यस्तै काठमाडौँ उपत्यकामा ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । उहाँले ललितपुरमा तीन, भक्तपुरमा चार र काठमाडौँमा ४२ जनामा सङ्क्रमण भएको मन्त्रालयका बताउनुभयो । उहाँले सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सय पाँच पुगेको जानकारी दिनुभयो ।
यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जना पनि निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, मुगु र बझाङ रहेका छन् ।
यस्तै होम आइसोलेसनमा दुई हजार तीन सय ८०, संस्थागत आइसोलेसनमा एक सय २५, सघन उपचार कक्ष (आइसियु)मा ३२ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरसविरुद्धको खोप एक लाख ६५ हजार दुई सय छ जनाले लगाएका छन् ।






