काठमाडौं, भदौ २१ : शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेङ्गुका बिरामीको सङ्ख्या बढेको छ । डेङ्गुका बिरामी बढेसँगै मङ्गलबार टेकु अस्पतालमा परीक्षण गर्ने सर्वसाधारणको भीड लागेको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकासहित ७५ जिल्लामा डेङ्गु फैलिसकेको छ । डेङ्गुका बिरामीको सङ्ख्या बढेपछि टेकु अस्पतालले वार्ड बाहिर बेड थप गरेको छ । उपत्यकालगायत देशका अधिकांश जिल्लामा डेङ्गु फैलिएसँगै सचेत रहन चिकित्सकले सल्लाह दिएका छन् ।






