‘प्रेमगीत ३’काे ‘हर युग होस्’ गीत सार्वजनिक

  भदौ २१, २०७९


काठमाडौं, भदौ २१ : फिल्म ‘प्रेमगीत ३’को ‘हर युग होस्’ गीतको भिडियो सार्वजनिक भएको छ । असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने लागेको फिल्म आज सार्वजनिक भएको हो ।

प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतको नयाँ संस्करणमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ । राजेशकुमार श्रेष्ठको शब्द रहेको गीतमा एलिश कार्कीको सङ्गीत छ । गीतको भिडियोमा प्रदीप खड्का र क्रिस्टिना गुरुङलाई देख्न सकिन्छ ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गर्नुभएको छ । फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पार्नुभएको हो ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको फिल्मलाई सञ्जय सक्ला, बनिष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको हो ।

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।