न्यायोचित र सम्मानजनक सिट बाँडफाँट हुन्छ : सञ्चारमन्त्री

  भदौ १९, २०७९

काठमाडौं, भदौ १९ : सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी आइतबारको बैठक सकिएको छ ।

कार्यदल सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निरन्तर कार्यदलको बैठक बसेर सहमतिको निर्णय हुने जानकारी दिनुभयो । उहाँले न्यायोचित, सम्मानजनक र सबैले जितेको छु भन्ने भावनाका साथ सिट बाँडफाँट हुनेसमेत प्रष्ट पार्नुभएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै भन्नुभयो, “बैठक भोलि १ बजे बस्छ । कार्यदल लगातार बैठक बसेर सहमतिमा पुग्छ । न्यायोचित, सम्मानजनक र सबैले जितेको छु भन्ने भावनाका साथ सिट बाँडफाँट हुन्छ । त्यो निर्णय शीर्षस्थ तहमा पेश गर्छौ ।”

लगातारको बैठकमा सिट बाँडफाँटको विषयमा गम्भीर छलफल भएको उहाँको भनाइ छ । “सबैले स्वामित्व लिएर हामी निर्णयमा पुग्छौं । त्यो निर्णयलाई जनताले अनुमोदित गरेर मुलुक फेरि अर्को दिशामा पुग्छ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया