फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु

  भदौ १६, २०७९

मनिला, भदौ १६ : फिलिपिन्समा बुधबार थप ३७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल संख्या ३८ लाख ८३ हजार ९ सय ५७ पुगेको छ ।

यहाँको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार २ सय ५९ पुगेको छ ।

त्यसैगरी सङ्क्रमणको जटिलताबाट थप एकै दिनमा ५० जना बिरामीको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ६१ हजार ८ सय ६४ पुगेको छ ।

करिब ११ करोड जनसङ्ख्या भएको फिलिपिन्समा ७ करोड २५ लाखभन्दा बढी मानिसहरूलाई कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाइएको छ।

तपाईको प्रतिक्रिया