देशद्रोहको मुद्दामा रुसी पत्रकारलाई २४ वर्षको जेल सजाय माग

  भदौ १४, २०७९

मस्को, भदौ १४ : रूसी अभियोजकहरूले मङ्गलबार पूर्व रिपोर्टर इभान सफ्रोनोभलाई २४ वर्षको जेल सजायको माग गरेका छन् । उनलाई राज्यको गोपनीयता भङ्ग गरेको आरोपमा देशद्रोहको आरोप लगाइएको रूसी समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

“अभियोजकले इभानलाई कडा शासनको दण्डको महलअन्तर्गत २४ वर्षको सजाय माग गरेका छन्, “सफ्रोनोभका वकिल दिमित्री काचेभले सुनुवाइ पछि” सो कुरा सार्वजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया