कञ्चनपुरमा हात्तिको आक्रमणबाट २२ वर्षीया युवतीको मृत्यु

  भदौ १३, २०७९

महेन्द्रनगर, भदौ १३ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा आज साँझ अबेर जङ्गली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार जङ्गली हात्तिको आक्रमणबाट शुक्लाफाटा नपा–७ सिमलफाँटाका २२ वर्षीया मीना जोशीको घटनास्थलमा मृत्यु भएको छ ।

हात्तिको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ प्रवेश गरेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली पुगी सकेका छन् ।

तपाईको प्रतिक्रिया