नौ दिनमा १३ जनामा हैजा पुष्टि, सङ्क्रमित सङ्ख्या ६७ पुग्यो

  भदौ ०९, २०७९

काठमाडौं, भदौ ९ : भदौ महिना शुरु भएदेखि १३ जना हैजाका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयका अनुसार नौ दिनमा १३ जना हैजाको बिरामी थपिएका हुन् ।

यो सँगै नेपालमा हैजाका बिरामीको सङ्ख्या ६७ पुगेको छ । असार दुई गते पहिलो पटक काठमाडौंमा हैजा पुष्टि भएको थियो । यो अन्तरालमा ६७ जनामा हैजा पुष्टि भइसकेको छ । जसमध्ये ३० जना महिला र ३७ जना पुरुष रहका छन् ।

सङ्क्रमण पुष्टि भएका ठाउँको ६२ वटा पानीको नमुना परीक्षण गरिएकामध्ये ४१ नमुनामा दिसामा पाइने फिकल इकोलीन भन्ने जीवाणु भेएिको थियो । परीक्षण गरिएका ४४ पानी नमुनामध्ये १० वटामा काठमाडौं उपत्यकामा फिकल इकोलीन भन्ने जीवाणु भेटिएको थियो ।

भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण गरेर झाडापखाला लाग्ने चिकित्सक बताउछन् ।

पानी उमालेर पिउने, बासी फोहोर पानी र खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग मिचिमिचि साबुनपानीले हातखुट्टा धुने, जथाभावी नछुने गर्दा फैला लाग्नबाट बच्न सकिने चिकित्सक बताउँछन् ।

तपाईको प्रतिक्रिया