जनकपुरधाम, भदौ ८ : मधेस प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णले आज जनकपुरधामस्थित राष्ट्रिय समाचार समिति (रासस) को मधेस प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको छ । सो अवसरमा राज्यमन्त्री कर्णले राससको प्रादेशिक कार्यालय जनकपुरधामलाई तत्काल आवश्यक सञ्चार उपकरण तथा फर्निचर सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै उहाँले कार्यालय व्यवस्थापनसँगै ग्रामीण र खोजमूलक समाचार सङ्कलन गर्न सुझाब दिनुहुँदै राससकर्मीहरुको दक्षता अभिवृद्धिका लागि मन्त्रालयले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो । रासस प्रदेश कार्यालयका निमित्त प्रमुख राजु विश्वकर्माले भौतिक संरचनाको अवस्थासँगै पछिल्लो समय कार्यालय व्यवस्थामा देखिएको चुनौतिको बारेमा राज्यमन्त्री कर्णलाई जानकारी गराउनुभयो । विसं २०४१ मा निर्मित भवनको हालै जीर्णोद्वार गरिएको छ ।






